कोरोनाभाइरसबाट इटालीमा एकै दिन ७ सय ४३ जनाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत १२ । इटालीमा कोरोनाभाइरसबाट ज्यान गुमाउनेको संख्या तीब्र गतिमा बढीरहेको छ । गत २४ घण्टामा कोभिड–१९ बाट ७ सय ४३ जनाले ज्यान गुमाएका हुन् ।

त्यहाँका स्वास्थ्य अधिकारीहरुका अनुसार बुधबार इटालीमा कोरोनाभाइरसबाट मृत्यु हुनेको संख्यामा हालसम्म्को रेकर्ड ब्रेक भएको हो । कोरोनाभाइरबाट गत सोमबार एकै दिन ६ सय २ जनाले ज्यान गुमाएका थिए ।

कोरोना संक्रमणका कारण इटलीमा बिहीबार ४२७, शुक्रबार ६२७ र शनिबार ७९३ जनाको मृत्यु भएको थियो । तर आइतबार घटेर ६५१ र सोमबार झन् घटेर ६०२ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको थियो । मंगलबार भने बढेर ७४३ जनाको मृत्यु भएको छ । यो संख्या सोमबारको तुलनामा १४१ ले बढी हो

हालसम्म कोरोनाभाइरसबाट इटालीमा ६ हजार ८ सय २० जनाको ज्यान गइसकेको छ । पछिल्लो तथ्यांकअनुसार इटालीमा ६९ हजार १ सय ७६ जनामा कोरोना संक्रमण देखिएको छ । त्यसमध्य ८ हजार ३ सय २६ जना निको भएर घर फर्किसकेका छन् ।

सम्बन्धित खबर

सिफारिस