
काठमाडौँ, चैत १५ । बाँकेको नेपालगञ्ज विमानस्थलमा विमान दुर्घटना भएको छ । नेपाल एयरलाईन्सको चिनियाँ वाई १२ ई जहाज शनिबार बिहान धावनमार्गमा चिप्लिएर दुर्घटना भएको हो ।
उक्त जहाज कोरोना आशंका गरिएका व्यक्तिहरुको नमुना लिनका लागि गएको थियो । विमानमा दूई चिकित्सक र तीन चालक दलका सदस्यहरु रहेका थिए ।
दुर्घटनाबाट मानवीय क्षति नभएपनि विमानमा सामान्य क्षति भएको नेपाल एयरलाईन्सले जनाएको छ ।
एयरलाईन्सका अनुसार उक्त नमुना लिनका लागि अर्को हेलिकप्टर पठाउन लागेको छ ।