
काठमाडौँ, चैत १५ । नेपाल एयरलाईन्सको वाइडवडी जहाज चीन प्रस्थान गरेको छ । कोरोना भाइरस (कोभिड–१९) परिक्षण तथा रोकथाम संग सम्बन्धित मेडिकल सामाग्री लिनका लागि नेपाल एयरलाईन्सको वाइड बडी जहाज शनिबार मध्यान्ह चिनतर्फ लागेको हो ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट साढे १२ बजे उडेको जहाज मेडिकल सामाग्री लिएर आजै रातिसम्म नेपाल फर्किने एयरलाईन्सले जनाएको छ । कोरोना भाइरसको परिक्षण गर्नका लागि आवश्यक मेडिकल सामाग्रीहरुको अभाव भएपछि चिनियाँ सरकारले सहयोग गर्ने बताएको थियो ।
यसबाहेक नेपाल एयरलाइन्सले चीनमा थप ३ कार्गो उडान गर्नेछ । जहाजमा ४ जना पाइलट, २ जना इन्जिनियर, लोडमास्टरसहित कुल १० जना रहेका छन ।