कोरोनाभाइरसको पाँचौ संक्रमित बागलुङकी १९ बर्षीया किशोरी

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत १५ । बागलुङकी १९ बर्षीया युवतीमा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । बेल्जियमबाट कतार एयरलाइन्समा नेपाल आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस पोजेटिभ भेटिएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा शनिबार गरिएको परीक्षणमा ती युवतीमा कोरोना पोजेटिभ भएको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए ।

उनी बेल्जियमबाट कतार हुँदै चैत ४ गते क्यूआर ६५२ नम्बरको फ्लाइटबाट उनी नेपाल आएको देवकोटाले बताए ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ५ पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

सिफारिस