
काठमाडौँ, चैत १६ । रुपन्देहीको कोरोना विशेष अस्पतालमा एक युवकको मृत्यु भएको छ । गत चैत ६ गते दुबईबाट नेपाल आएका ३३ बर्षीय युवकको आइतबार बुटवल धागो काराखानामा संचालित कोरोना भाइरस उपचार विशेष अस्पतालमा मृत्यु भएको हो ।
मृतक युवकमा कोरोना भाइरस संक्रमणको पुष्टि भने भएको छैन । ज्वरो आएपछि अस्पताल भर्ना भएका ति युवकको नमुना परिक्षणको लागि स्वाव काठमाडौँ पठाइएको भएपनि रिपोर्ट भने आइसकेको छैन । रिपोर्ट आएपछि कोरोना भएनभएको पुष्टि हुने अस्पतालले जनाएको छ ।
दुबईबाट नेपाल आएका उनि गत चैत ७ गते काठमाडौँबाट बस चढेर रुपन्देहीको सैनामैना पुगेका थिए ।