बैशाख ३ सम्म अन्तराष्ट्रिय उडानमा प्रतिवन्ध लगाउने उच्चस्तरिय समितिको निर्णय

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत १६ । कोरोनाभाइरसको नियन्त्रणका लागि अन्तराष्ट्रिय उडानमा लगाइएको प्रतिवन्धको समयसिमा थप गरिएको छ ।

आइतबार उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल नेतृत्वमा रहेको कोरोना भाइरस रोकथाम सम्बन्धी उच्चस्तरिय समतिको वैठकले अन्तराष्ट्रिय उडानमा लगाइएको प्रतिवन्धको समय थपेको हो ।

वैठकको निर्णयअनुसार आगामी अप्रिल १४ अर्थात बैशाख ३ गतेसम्म प्रतिवन्ध लगाइने भएको छ ।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले चैत ९ देखि १८ गतेसम्म नेपाल आउने सबै अन्तराष्ट्रिय उडानहरुलाई प्रतिवन्ध लगाउने घोषणा गरेका थिए ।

सम्बन्धित खबर

सिफारिस