सीमामा अलपत्र परेका नेपालीलाई प्रवेश दिईने, अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने

दियो पोस्ट  

काठमाडौँ, चैत १६ । सरकारले नेपाल भारतको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीलाई प्रवेश दिने भएको छ । कोरोना नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको आइतबार बसको बैठकले स्वदेश फर्कन लागेको नेपालीलाई अन्तिम पटक प्रवेश दिने निर्णय गरेको हो ।

समितिले प्रवेश पाएका सबै नेपालीहरु क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने सर्त राखेको छ । विभिन्न स्थानीय तहमा निर्माण गरिएको क्वारेन्टाइनमा भारतबाट आउने नेपालीहरुलाई अनिवार्य १४ दिनसम्म राख्नुपर्ने समितिले निर्णय गरेको छ ।

समितिको निर्णयसँगै सिमाक्षेत्रमा केहीदिन देखि अलपत्र परेका नेपालीहरुमा खुशी छाएको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले लकडाउनको घोषणा गरेसँगै सिमामा नेपालीहरु अलपत्र परेका थिए । यसअघि पनि सरकारले अलपत्र परेकाहरुलाई प्रवेश दिएको थियो ।

सिफारिस