धादिङकी सुनिता लामा थानकोटमा मृत फेला ! (फोटोमा हेर्नुहोस्)

दियो पोस्ट  

काठमाडौँ, चैत १८ । काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर ३ मा एक महिला मृत अवस्थामा भेटिएकी छिन् । चन्द्रागिरि नगरपालिका–३ स्थित जगतटार भन्ने स्थानमा मंगलबार दिउँसो अञ्दाजी ४५–५० बर्षीया महिलामने मृत शरीर वेवारिसे अवस्थामा फेला परेको हो ।

मंगलबार दिउँसो मृत अवस्थामा महिला देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । खबरपछि महानगरिय प्रहरी बृत्त थानकोटको टोली घटनास्थल पुगेका थिए । प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार मृतक महिला धादिङकी सुनिता लामा रहेको पाइएको छ ।

उनको थप परिचय भने आउन बाँकी रहेको महानगरिय प्रहरी वृत्त थानकोटका डिएसपी घनश्याम श्रेष्ठले दियोपोस्टलाई जानकारी दिएका छन् । उनको मृत शरीर दिउँसो करिब ४ बजे भेटिएको उनले बताए ।

डिएसपी श्रेष्ठका अनुसार मृतक महिला अञ्दाजी ४५–५० बर्षको रहेकी छिन् । उनको परिचय र घटनाको बारेमा प्रहरीले अनुसन्धान गरिरहेको डिएसपी श्रेष्ठले बताएका छन् ।

उनको मृत शरिर टिचिङ अस्पताल पुर्याइएको छ ।