एम एण्ड एम रेमिटमाथि राष्ट्र बैंकको प्रतिबन्ध : कारोबार नगर्न अन्य वित्तिय संस्थालाई निर्देशन !

एम एण्ड एम रेमिटमाथि राष्ट्र बैंकको प्रतिबन्ध : कारोबार नगर्न अन्य वित्तिय संस्थालाई निर्देशन !

काठमाडौं, ९ चैत्र । अफ्रिकी मुलुक मौरिससबाट सञ्चालित एमएण्डएम रेमिटसँग सहकार्य नगर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।


आइतबार अनुमतिप्राप्त बैंक, वित्तीय संस्था एवं रेमिट्यान्स कारोबार गर्ने कम्पनीहरुको नाउँमा सूचना जारी गर्दै राष्ट्र बैंकले मौरिससस्थित एमएण्डएम रेमिटसँगको सहकार्यमा रेमिट्यान्स कारोबार नगर्न निर्देशन दिएको हो ।


इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु एवं इजाजतपत्रप्राप्त विप्रेषण कारोबार गर्ने विप्रेषकहरुले मौरिससस्थित एमएण्डएम रेमिट्यान्ससँगको सहकार्यमा विप्रेषण कारोबार गरिरहेको भए उक्त रेमिट्यान्ससँग कुनै पनि कारोबार नगर्न, नगराउन राष्ट « बैंकले विदेशी विनिमय नियमित गर्ने ऐन २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरी सूचना प्रकाशन गरेको हो ।


तर यस व्यवस्थाले उक्त रेमिट्यान्ससँग कुनै पनि लिनुपर्ने रकम भए त्यस्तो रकम असुल गर्न कुनै बाधा नपुग्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ । उक्त रेमिटलाई राष्ट्र बैंकले किन प्रतिबन्ध लगायो त्यो कारण भने खुलाएको छैन ।

Trending News