काठमाडौं । गर्मीयाम शुरु भएसँगै भक्तपुरको पलाँसेस्थित काठमाडौं फन भ्याली शुरु हुने भएको छ ।
नेपालको पहिलो वाटर पार्कको पहिचान बनाएको फन भ्याली शुक्रबारदेखि पुन संचालन गर्ने कम्पनिले जनाएको छ ।
शुक्रबारका लागि फन भ्यालीमा निशुल्क प्रवेशको व्यवस्था मिलाइएको समेत कम्पनिले जनाएको छ ।
एनिभर्सरी, ब्रतबन्ध, ककटेल पार्टी, कन्फ्रेन्स, डान्स, फेशन शो, पिकनिक र विवाहका लागि फन भ्याली उत्कृष्ठ थलो हो ।
विगत दुई वर्षदेखि कोरोना महामारीको चपेटामा परेको कारण फन भ्याली खुल्न सकेको थिएन ।