काठमाडौं । चितवनको कालिका नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष टिकाराज रिजाललाई कालोमोसो दलेको र जुत्ताको माला लगाउको घटनामा समलग्नहरु पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गुणराज श्रेष्ठ र सागर राई रहेका छन् । उनीहरु दुवै विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विभाजित भएको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी)का नेता रहेको पाइएको छ ।
पक्राउपछि पार्टीले विज्ञप्ति समेत निकालेको छ । विज्ञप्ति अनुसार गुणराज चितवन जिल्ला पार्टी इन्चार्ज हुन् भने राई राप्ती नगरकमिटीको इन्चार्ज हुन् ।
उनीहरुलाई प्रहरीले मकवानपुरको हेटौंडास्थित लेवड भन्ने स्थानबाट पक्राउ परेको हो ।