बलात्कार आरोपी एमाले सांसद बानियाँको बयान : कृषी मन्त्री र गोपाल बलले मेरो राजनीति सखाप पारे !

diyopost.com
दियो पोस्ट  सोमबार, चैत्र ०७, २०७८ | २३:४७:५६

काठमाडौं । एक शिक्षिका बलात्कार अभियोगमा हिरासतमा रहेका नेकपा एमालेका सांसद तथा केपी ओलीका विश्वास पात्र मोहन बानियाँको बयान फेला परेको छ । उनले प्रहरी समक्ष दिएको बयानमा आफूलाई माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीका नेताहरुले फसाएको आरोप लगाएका छन् ।

‘निज जाहेरवाली लाई नेकपा एकिकृत समाजवादी पाटिमा आबद्र प्रदेश सभा सदस्य तथा कृर्षि मन्त्री चन्द्र बहादुर शाही र सोही पार्टिमा आबद्ध गोपाल बलले मेरो राजनिती समाप्त पार्न पहिला देखी नै मेरो विरुद्ध उस्काई मैले दिएको चेकमा समेत अंक थप गर्न लगाई म संग रकम माग गर्ने, उक्त रकम नदिए मलाई जबरजसती करणी मुद्दामा फसाई दिने भनि भन्न लगाई सो विषयमा जाहेरवालीले मेरो छोरा मदन वानिया र छोरी विनिता वानिया संग कुरा गर्ने गरेकी थिईन, सो को अडियो रेकर्ड तथा म्यासेन्जरमा रहेको कुरा समेत पेश गरेको छु,’ बानियाँले भनेका छन् ।

 

तर, बानियाँले यस्तो बताएपनि अप्सरा होटलका संचालक विष्णु प्रसाद पोखरेलले दिएको बयानमा भने पीडित युवती र सांसद मोहन बानियाँ होटलमा आएको स्विकार गरेका छन् ।

यस्तो छ बानियाँको बयान

 मुद्दामा फसाई

म मुगु जिल्ला बाट नेकपा एमालेको प्रतिनिधी सभा सदस्य रहेको छु । जाहेरवाली जुम्ला जिल्लामा अस्थायी शिक्षक भई ३/४ वर्ष पहिला काठमाण्डौमा अस्थायी शिक्षकहरुको आन्दोलन हुदा आन्दोलनमा गएकी र मैले समेत उक्त आन्दोलनलाई प्रतिनिधी सभा सदस्यको हैसियतले प्रतिवद्धता जाहेर गर्न गएका वखत निज संग चिनजान भएको थियो । निज तत्कालिन नेकपा माओवादी केन्द्रको शिक्षक नेता रहेको र पछी नेकपा एमाले र माओवादी केन्द्र एक भई नेकपा बने पछी निज जाहेरवाली संग मेरो पाटिगत विषयमा कुराकानी हुने गर्दथियो । निज जाहेरवाली मार्फत नै मेरो निजको भिनाजु जंग बहादुर शाही संग चिनजान भए पछी निज संग मैले रु २,५०,०००। सापटी लिएको थिए । उक्त रकम फिर्ता गर्न केही समय लागे पछी जाहेरवालीले सो वापतको चेक दिनु भनेको हुदा मैले जाहेरवालीको नाममा २,५०,०००। को चेक अक्षरमा नलेखी अंक मात्र राखी दस्तखत गरि दिएको थिए । पछी सो रकम वापतको पैसा मैले निज जंग बहादुर शाही लाई २०७८ साउन महिनामा दुई पटक गरि फिर्ता गरि दिएको थिए । सो चेक जाहेरवाली संग नै रहेको हुदा मेरो र जाहेरवाली विच कुरा हुदा जाहेरवालीले उक्त चेक म च्याती फाली दिन्छु भनेकी थिईन । पछी निजले उक्त चेकमा रहेको अंकमा शुन्य थपी अक्षरमा समेत पच्चीस लाख रकम बनाई सो चेक आफुले सामाजिक संचालनमा राखी मेरो चरित्र हत्या गर्न खोज्ने, म संग पैसा मागगर्ने गरि रहन्थिन । सो विषयमा म सुर्खेत गएको वेला निज जाहेरवालीको दाईले मलाई आफ्नो घरमा वोलाएको हुदा म लगाएत दानसिंह परियार समेत, निजको घरमा जाँदा जाहेरवालीले मैले अरुको उस्कावटमा लागी गरेको हुँ भनि माफी मागे पछी सो विषय टुंगीएको थियो । मिति २०७८।१०।२० गतेका दिन मेरो नेपालगंज देखी काठमाण्डौ प्लेन टिकट रहको हुदा मैले ऐ.१९ गते कर्णाली प्रदेश सभा सदस्य तथा विधान समितीका सभापति दान सिंह परियार संग गाडी माग गरि म, नरेन्द्र बहादुर रावल र चालक विपिन विरकट्टा सुर्खेत बाट नेपालगंज आउने तयारीमा थियौं । सोही वेला जाहेरवालीले नरेन्द्र बहादुर रावल लाई फोन गरि आफ्नो समेत नेपालगंज देखी जुम्ला जाने प्लेन टिकट रहेको र आफुलाई समेत नेपालगंज लगी दिन आग्रह गरेकी हुदा जाहेरवाली समेत भई हामी चार जना ऐ.१९ गते साँझ नेपालगंज आई नेपालगंज स्थित होटल अप्सराको कोठा नं.२१५ र ३०७ वुक गरि जाहेरवाली कोठा नं.३१५ मा र हामीहरु कोठा नं.३०७ मा वसी ऐ.२० गते प्लेन उडान रद्ध भए पछी म बसबाट काठमाण्डौ गएको हुँ, जाहेरवाली कहाँ गईन थाहा भएन, ऐ.१९ गते विहान ५ बजे म सुर्खेत स्थित डि नमस्ते होटलमा थिए । मैले जाहेरवाली लाई जबरजस्ती करणी गरेको होईन, निज संग लेनदेन कारोवार समेत छैन, निज जाहेरवाली लाई नेकपा एकिकृत समाजवादी पाटिमा आबद्र प्रदेश सभा सदस्य तथा कृर्षि मन्त्री चन्द्र बहादुर शाही र सोही पार्टिमा आबद्ध गोपाल बलले मेरो राजनिती समाप्त पार्न पहिला देखी नै मेरो विरुद्ध उस्काई मैले दिएको चेकमा समेत अंक थप गर्न लगाई म संग रकम माग गर्ने, उक्त रकम नदिए मलाई जबरजसती करणीदिने भनि भन्न लगाई सो विषयमा जाहेरवालीले मेरो छोरा मदन वानिया र छोरी विनिता वानिया संग कुरा गर्ने गरेकी थिईन, सो को अडियो रेकर्ड तथा म्यासेन्जरमा रहेको कुरा समेत पेश गरेको छु भन्ने व्यहोराको वयान ।

सम्बन्धित खबर