भिटोफ नेपालको अध्यक्षमा धादिङका गोपाल थापा विजयी

diyopost.com
दियो पोस्ट  शनिबार, चैत्र १२, २०७८ | ०:३५:३७

काठमाडौं । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) नेपालको अध्यक्षमा धादिङका गोपाल थापा विजयी भएका छन् । सत्तारुढ गठबन्धन दलको तर्फबाट उम्मेदवार बनेका थापा विजयी भएका हुन् ।

शुक्रबार काठमाडौंमा सम्पन्न २४ औँ वार्षिक साधारण सभाबाट उन िनियार्वचित भएका हुन् । थापाले ३०३ मत पाए भने उनका प्रतिद्वन्दी नेपाली कांग्रेस तर्फकी उम्मेदवार जस्फा पाण्डेले १ सय ५५ मत मात्रै पाइन् । थापाले १४८ मतले पाण्डेलाई पराजित गरेका हुन् ।
त्यस्तै कोषाध्यक्ष पदमा थापा समुहकै सकुन्तला देवकोटा विजयी भएका छन् । देवकोटठाले ३ सय मत पाएकी छिन् । उनको प्रत्यासी गौरी उप्रेतिले १६४ मत मात्रै प्राप्त गरिन् ।

भिटोफमा उम्मेदवार छान्ने विषयलाईं लिएर नेपाली कांग्रेस विभाजित भएको थियो । संस्थापन पक्षले थापालाई नै समर्थन गरेका थिए भने रामशरण थपलिया लगायत समुहले पाण्डेलाई उम्मेदवार बनाएका थिए ।

सम्बन्धित खबर