चिनियाँ विदेशमन्त्री वाङ स्वदेश फिर्ता

diyopost.com
दियो पोस्ट  आइतबार, चैत्र १३, २०७८ | १८:३८:३२

काठमाडौं । तीन दिने नेपाल भ्रमण सकेर चिनियाँ विदेशमन्त्री वाङ यी आइतबार स्वदेश फर्किएका छन् । शुक्रबार साँझ पाँच बजे काठमाडौं आएका वाङ आइतबार दिउँसो चीन फर्किएका हुन् । तीन दिने नेपाल भ्रमणमा आएका उनले नेपालसँग ९ बुँदे सम्झौतामा हस्ताक्षर गरेर चीन फर्किएका हुन् ।
उनले विभिन्न राजनीतिक दलका नेताहरुलाई समेत भेटवार्ता गरेका थिए ।

भारतको राजधानी नयाँदिल्लीबाट शुक्रबार नेपाल आएका उनाई आईतबार परराष्ट्र मन्त्रालयकास चिव भरतराज पौड्यालसहितका व्यक्तिहरुले विमास्थलबाट विदाई गरेका थिए ।

शनिबार नेपालका समकक्षी परराष्ट्रमन्त्री डा. नारायण खड्का, प्रधानमन्त्ती शेरबहादुर देउवा, राष्ट्रपति विद्यादेवि भण्डारीलाई भेटेका वाङले आइतबार विहान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए । ओलीलाई भेटेपछि उनी चीन फर्किएका हुन् ।

सम्बन्धित खबर