एजेन्सी ,२० चैत । छत्तिसगढ प्रहरीले दाबी गरेको छ शुक्रबारबाट भारतीय वायुसेनाले एमआइ १७ नामक हेलिकप्टरबाट माओवादी प्रभावित बस्तरको सुकमा जिल्लामा फायरिङ अभ्यास गरेको छ ।
प्रहरी मुख्यालयले जारी गरेको विज्ञप्तीमा भनेको छ १ अप्रेलबाट वायुसेनाका तीन हेलिकप्टर सुकमा क्षेत्रमा उडिरहेका छन् र एक एमआई १७ हेलकप्टरबाट हवाइ फाइरिङको अभ्यास सुरु गरेको छ ।
छत्तिसगढमा विशेष प्रहरी महानिरक्षक(नक्सली अप्रेशन)डिएम अवस्थीले पत्रकारलाई भने कि यो पुरा कारवाहि वायुसेनाको विशेष प्रशिक्षण प्राप्त कमाण्डो दस्ता ‘गरुड’ले गरेको हो ।
अभ्यासमा वायुसेना र सुकमा प्रहरीका वरिष्ठा अधिकारी सामेल भएका छन् । यस्ता अभ्यास पहिला पनि भएका थिए । अगिल्लो बर्ष अक्टुबरमा बीजापुर जिल्लामा वायुसेनाले हेलिकप्टरबाट फायरिङ अभ्यास गरेका छन् ।
प्रहरी अधिकारीहरुका अनुसार वस्तरमा अहिलेसम्म सेनाले हेलिकप्टर सुरक्षबललाई खाद्यान्न र अन्य सरसामान छोड्न प्रयोग गरीन्छ ।
कयौ पटक माओवादीले यस्ता हेलिकप्टरलाई निशाना बनाएका छन् । त्यस्तो समयमा आत्मरक्षाकोलागि सेनाले पनि फायरिङ गर्ने गर्छन ।
मानवअधिकारवादी संगठनद्धारा सेना परिचालनको विरोध गरेका छन् । छत्तिसगढका मानवधिरका संगठन अध्यक्ष डाँ. लाखन सिंहको भनाइ छ पहिला इन्द्रावति टाइगर रिजर्व भित्र एयरस्ट्रिलाई अनुमति र अहिले वायुसेनाको अभ्यास सुरु हुनुबाट सरकार के चाहन्छ थाह हुन्छ ।
उनले भने हामी देश विदेशका शान्तिप्रिय मान्छेहरुसंग अपिल गछौ कि आदिवासिहरुलाई यसरी युद्धमा धकेल्नुको विरोध गरौ । हामी राज्य र केन्द्र सरकारसंगपनि यसकोलागि अपिल गछौ कि उ आफ्ना नागरिका विरुद्ध युद्ध न थोपारोस् । छत्तिसगढ बचाउ आन्लोदनका संयोजक आलोक शुक्लाले पनि भारतीय वायुसेनाको फायरिङ अभ्यास खतरानाक हो ।
उनी भन्छन् जहाँ जहाँ हवाइ हमला भएको छ त्यहाँ हजारौ निर्दोष आदिवासी मारिएका छन् । सरकार माओवादी समस्याको हल राजनीतिक रुपमा भन्दा पनि सैन्य अभियानबाट खोजीरहेको छ । सरकारले यसबाट बच्नु पर्छ ।