विराटनगरमा प्रदर्शन, मोरङ प्रशासनअगाडि चर्कियो विरोध

दियोपोस्ट संवाददाता

काठमाडौं । सुनसरीको देवानगञ्जमा भएको घटनालाई लिएर बिहीबार मोरङको विराटनगरमा प्रदर्शन गरिएको छ । घटनाको निष्पक्ष तथा सत्यतथ्य छानबिन गर्न र दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गर्दै प्रदर्शन गरिएको हो ।

स्थानीय हनुमान मन्दिर परिसरमा भेला भएका सर्वसाधारण तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय मोरङअगाडि विरोध प्रदर्शन गरेका छन् ।

प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष अनुसन्धान, दोषीमाथि कडा कारबाही तथा शान्ति–सुरक्षाको सुनिश्चितता गर्न प्रशासनको ध्यानाकर्षण गराएका हुन् ।