‘नेपालमा बैंकहरुको अवस्था सुरक्षित छ, सानोतिनो धक्काले जोखिम आउँदैन’

अर्थतन्त्र

दियो पोस्ट  

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालमा बैंकहरुको अवस्था सुरक्षित रहेको बताएका छन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९–८० को ८ महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिसम्बन्धी तथ्यांक सार्वजनिक गर्न आयोजित कार्यक्रममा मंगलबार उनले यस्तो बताएका हुन् ।

‘समग्रमा बैंकहरूको अवस्था सुरक्षित छ । स्वस्थ छ । सानोतिनो धक्काले जोखिम आउने अवस्था छैन । तथ्यांकहरू पनि बलिया छन्’ उनले भने ।

गभर्नर अधिकारीले विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा रहेको बताए । फागुनदेखि कर्जाको ब्याजदर स्थिर भएपनि बेसरेट घट्दो दरमा रहेको समेत उनले जानकारी दिए । विदेशी विनियम सञ्चिति सुविधाजनक अवस्थामा पुगेको र मुद्रास्फीति घट्दो अवस्थामा रहेको समेत उनले बताए ।