दोलखामा ४.७ रिक्टरको परकम्प

दियो पोस्ट  

काठमाडौँ, २२ चैत । दोलखा केन्द्रबिन्दु भएर आज पुनः अर्को परकम्प गएको छ ।

बिहान १० बजेर १६ मिनेट जाँदा ४.७ रिक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअघि गत बिहीबार सिन्धुपाल्चोकलाई केन्द्रबिन्दु बनाएर ४.० रिक्टर स्केलको परकम्प गएको थियो ।

गत वैशाख १२ को गोरखा भूकम्पपछि हालसम्म ४ रिक्टर स्केलभन्दा माथिका ४४४ परकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिनुभयो ।