शिविरमा ८५२ को स्वास्थ्य परीक्षण

शिविरमा ८५२ को स्वास्थ्य परीक्षण

झापा, २४ चैत । बी एन्ड सी टिचिङ हस्पिटल विर्तामोडले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट एकै दिन ८५२ जना लाभान्वित भएका छन् ।

अस्पताल परिसरमै मङ्लबार आयोजित शिविरमा मधुमेह र रक्तचापका बिरामीको जाँच गरिएको थियो जसमा ८५२ जनाको स्वास्थ्य परीक्षण गरिएको अस्पतालका जनसम्पर्क अधिकारी प्रमिस गिरीले जानकारी दिए ।

निःशुल्क सुगर टेस्ट गरिएको शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा मजहर खान, वरिष्ठ फिजिसियन डा दिवस खड्का, डा सोनिया प्रसन्ना थापा, डा रेजिना साही रेग्मी र डा हेमन्त राठीले बिरामीको स्वास्थ्य जाँच गरेका थिए । बी एन्ड सीले प्रत्येक महिना निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आइरहेको छ ।

Trending News