काठमाडौं, ३० चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गरेका छन् । उनले भनेका प्रमुख बुँदाहरु यस्तो छ ।
लक्ष अनुसार झोलुंगे पुल निर्माण गर्ने कार्य भई रहेको छ । ३ वटा झोलुङगे पुल विस्तापीत भईसके । आगामी असोज अन्त्यमा परियोजना सम्पन्न हुनेछ । एक वर्षमा लोडसेडिङ अन्त्य हुनेछ । कालोबजारी कृतिम अभाव र भ्रष्टहरु प्रति उदारता राख्नेछैन । आफू नेतृत्वको सरकारले संविधानको कार्यन्वयन जिम्मेवारी लिएको छ । संविधान कार्यन्वयनको लागि काम द्रुत गतिमा अघि बढ्दैछ । संविधानसँग मेल नखाने कानुनहरु निर्माण हुने क्रम पनि जारि छ । केही कानुन् बनिसकेका छन् ।
प्रादेशिक राजधानी तय हुनेछ । स्थानिय निकायको अन्तरिम निर्वाचन सम्पन्न गर्ने ।
भूकम्पसँगै घर ढलेपनि आत्मविश्वास र मन ढलेको छैन । पुन र्निर्माण कार्य अपेक्षित रुपमा अगाडी बड्न सकेन । त्यसमा परिस्थिति जन्य अवस्थाहरुलाई पनि भूमिका खेले । हल न चल अवस्थामा रहेको पून र्निमाणलाई अगाडी बढाइएको छ ।
आगामी वैशाख १२ भित्र ११ जिल्लामा अनुदान सम्झौता अगाडी बढाईने ।
वैशाख १२ देखि निजी आवास सुरु हुने ।
भूकम्प प्रभावित १७ जिल्लाम सर्वेक्षण गरिने ।
७३ जेठ भित्र सम्पन्न गर्ने गरि पूननिमाण गर्न गाउँमा पुुननिर्माण समिति बनाईने ।
भूकम्पपीडितका लागि सामुहिक आवासको व्यवस्था गर्ने । ऐतिहासीक धरोहर र विद्यालयलाई पुनिर्निमाणलाई अगाडी ।
पूननिर्माणका लागि प्रत्येक जिल्लामा २ स्रोतकेन्द्र, गाविसमा १ ईन्जीनर, सामाजिक परिचालक र कर्मचारी खटाईने ।
राष्ट्रपति भवन, संसद भवन लगायतका भवन निर्माण कार्य थालिने ।
पुननिर्माण जादूमयि तरिकाले एकै चोटी तरिकाले सम्पन्न हुँदैन । ५ वर्ष भित्र पुनर्निमाण कार्य सक्नेछौं ।
केही अन्तराष्ट्रिय मन्चमा मानवअधिकारको विषयमा चर्चा हुने गरेको मैलेपनि सुनेको छु ।
हामी संक्रमणकालबाट आएका हौं । कसैले निसासिएको मौसममा कसैले हाम्रो निष्ठामा प्रहार गर्छ भने स्वीकार हुँदैन । नेपाल
सरकारको मानवअधिकार प्रतिको प्रतिबद्धतामा कसैले औंला नठड्याए हुन्छ । यो शाब्दिक प्रतिबद्धता हैन ।
छिमेकीसँगका कुरा
हामी पञ्चशिल सिद्धान्तका आधारमा चीन र भारतसँग सम्बन्ध राख्न चाहान्छौं । रोटी बेटी वा भृकुटी अरनीको आधारमा मात्रै आजको सन्दर्भमा सम्बन्ध मापन हुँदैन ।
छिमेकी मित्रराष्ट्रहरुसँग मात्रै होइन सबैसँग पारस्परिक सम्बन्धका आधारमा सम्बन्ध राख्न चाहान्छौं । हाम्रो कसैसँग शत्रुता छैन ।
मैले चीन भ्रमणको क्रममा सम्बोधन गर्ने मौका पाएँ ।
सँगै हिड्न नसके एशियाको सपनामा सपनामै सिमित रहन्छ । तर गरिबी र शान्ति सँगै जान सक्दैन । सहकार्यको उचाईमा नै हाम्रो भविष्य हो भनेको थिएँ ।
एशियाली रंगमञ्चमामा हाम्रो उचाई समृद्धिको उचाई हो । चीनसँगको सम्झौताले सहि अर्थमा भूपरिबेष्ठित भएको छ । अन्यसँग पनि भूसम्बन्ध स्थापना भएको छ । एउटामात्रै राष्ट्रसँग निरभरता पूर्णरुपमा अन्त्य भएको छ ।
सडक, रेल र हवाई मार्ग
सडक रेल र हवाई मार्ग निर्माणमा जोड दिनेछ ।
आफ्नै कालमा आधुनिक रेलमा चढ्न सम्भव छ भनेर सपना देख्न उत्साहित गर्छु ।
उर्जा र जलस्रोतलाई बहुपक्षिय उपयोगका आधारमा काम गरिर्ने ।
एक वर्ष भित्र लोडसेडिङ अन्त्य गर्ने ।
माथिल्लो तामाकोशी र पन्चेश्वर जस्ता आयोजनालाई अगाडी बढाउने ।
बुढीगन्डकी जस्ता प्रस्तावित आयोजनालाई तत्काल अगाडी बढाउने ।
अनुत्पादक तरिकाले सकिएको रेमिटेन्सलाई सदुपयोग गर्न जलविद्युतमा लगानी गर्ने सरकारको योजना । वैकल्पीक उर्जामा विशेष ध्यान दिने ।
सिंचाई आयोजना अगाडी बढाएर तराईमा हरित क्रान्तिलाई अगाडी बढाईउने । निजी क्षेत्रलाई प्रोत्साहित गर्ने । कृषिलाई सम्मानजनक पेसा बनाइने ।
डिजिटल नेपाललाई प्रथामिकथामा राखिनेछ । जनताको लगानीमा जलविद्युत निर्माणमा विशेष जोड दिनेछु ।
आजिवन पेन्सनको व्यवस्था गर्न सकिनेछ । विज्ञहरुको आंकडा अनुसार १ वर्ष भित्र हामी आत्मनिरभर बन्नेछौं । जसले सपना देख्न छोड्छ त्यसको विराम त्यही लाग्छ ।
आधुनिक काठमाडौंको लागि नक्सा कोर्न निर्देशन दिएको छु । त्यो पुरा हुनेछ ।
हामीले ठूला–ठूला राजनीतिक परिवर्तन गर्यौं तर एउटा कुरा कायम छ । त्यो भनेको जनताको दूख हो । जनताको दुखले मलाई भित्र भित्रै पोल्छ । यतिठूलो परिवर्तन आए तर जनताका दुःख उस्तै छन् ।
दलहरु बढी आत्मकेन्द्रीत भए भन्ने जनताका कुरा मननीय छ । नयाँ राजनीनिक संस्कृतिको आवश्यक छ । मिलेर नै संविधान कार्यन्वयन गरौं । संवादका माध्यमाट जानको लागि वर्तमान सरकार संवादका निम्ती अनुरोध गर्छु ।
ज्योतिषिय दृष्टिकोणले पनि यसवर्ष उत्साहा जनक छ । नयाँ वर्षको शुभकामना छ । राष्ट्र निर्माणको लागि लामबद्ध हुन आग्रह गर्छु ।