काठमाडौं, ३० चैत्र । खोटाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटनामा ज्यान गुमाउनेहरुको सनाखत भएको छ । मृत्यु हुनेमा अधिकांश खोटाङका रहेका छन् । एकजना चालक भने काठमाडौंका रहेका छन् । सोमबार विहाना खोटाङ सदरमुकाम दिक्तेलबाट काठमाडौं आउँदै गर्दा अर्खौलेको बर्खेटारमा बा २ ख ६३७६ नम्बरको यात्रुबाहक बस दुर्घटनामा परेको थियो । बसमा ७० जना यात्रुहरु सवार रहेका थिए । २२ जना घाईतेलाई नेपाली सेनाको हेलिकोप्टरमा राजधानी काठमाडौं ल्याइएको छ । प्रहरी असई तेजबहादुर बस्नेतका अनुसार मृतकको नामावली यस्तो छ ।
खोटाङ, दिक्तेल नगरपालीका –१४ का सन्तोष कट्वाल,
खोटाङ, च्यास्मीटार खोटाङका रविन राई
खोटाङ, च्यास्मीटार –८ का सुरेन्द्र राई
खोटाङ, याम्खा –७ का भैरव राई
खोटाङ, दिप्सुङ, गोबिन्द तिमल्सेना
खोटाङ डिकुवा – ८ का मेजर राई
खोटाङ खार्मी– ५ का मीत्रकुमार राई
खोटाङ नीर्मलीडाँडा –३ की बिमला राई
काठमाडौं घर भएका अर्जुन उप्रेती (चालक)
उदयपुर, ताम्लीछा –७ शान्ता राई
उदयपुर, बास्वोटे–३ का द्रविन राई
उदयपुर, ठानागाँउ –३ का हेम सुनुवार
उदयपुर, ताम्लीछा ५– का ओमश्री राई
सोलेखुम्बु पञ्चन –१ का सोम सुन्दासरभाजुनारायण श्रेष्ठ
सोलुखुम्बुकी सुस्मा राई