मोरङ , ३ वैशाख । मोरङको उर्लाबारीमा मदरसा तजबिदुल कुर्वानको विद्यालय भवनको बिहीबार एक कार्यक्रमबीच शिलान्यास गरिएको छ ।
उर्लाबारी–४ स्थित मदरसा छेउकै जमिनमा विद्यालय भवनको शिलान्यास गरिएको हो । विद्यालयको शिलान्यास मोरङ क्षेत्र नम्बर—९ का सांसद डिकबहादुर लिम्बूले गरेका छन् । २० लाख रुपैयाँको लागतमा चालु आर्थिक वर्षभित्रै निर्माण सक्ने गरी दुईकोठे विद्यालय भवनको शिलान्यास गरिएको हो ।
कार्यक्रममा सांसद लिम्बूले स्थानीय समुदायको चौतर्फी विकासमा लाग्न सबैलाई आग्रह गरे। मदरसा सञ्चालक समितिका अध्यक्ष असहाव आलम ठकुराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा अधिकांश वक्ताले मदरसामा आश्रित तथा पढ्न आउने मुस्लिम समुदायका विद्यार्थीलाई विद्यालय भवन बनेपछि पठनपाठनमा सहज हुने बताए ।
विद्यालय भवन निर्माणका लागि जिल्ला शिक्षा कार्यालय मोरङबाट रु १२ लाख, उर्लाबारी नगरपालिकाबाट रु एक लाख र अपुग रकम जनस्तरबाट सङ्कलन गर्ने प्राचार्य बसिर खानले बताउनुभयो । मदरसामा अहिले कक्षा १ देखि ५ सम्मका मुस्लिम समुदायका सय जना विद्यार्थी अध्ययनरत छन् ।
Anamnagar Kathmandu, Nepal Regd No : ५२१/२०७४–७५ Editor: Rita Budhathoki