विश्वमा ९ लाख भन्दा बढीलाई कोरोनाभाइरस, मृत्यु हुनेको संख्या ४७ हजार माथि

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत २० । विश्वमा कोरोनाभाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ४७ हजार २ सय ४५ पुगेको छ । वर्ल्डमिटरका अनुसार अप्रिल १ गते सम्ममा विश्वमा कोरोना संक्रमितको संख्या ९ लाख ३५ हजार ९ सय ५७ पुगेको छ ।

कोरोना संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेको छ । पछिल्लो तथ्यांक अनुसार अमेरिकामा करिब २ लाख १५ हजार २ सय १५ जनामा कोरोना संक्रमण भएको छ । अमेरिकामा हालसम्म ५ हजार १ सय १० जनाले कोरोनाको कारण ज्यान गुमाइसेका छन् । संक्रमितमध्य ८ हजार ८ सय ७८ जना निको भएर घर फर्किसकेका छन् ।

त्यस्तै, दोस्रो सबैभन्दा प्रभावित मुलुक इटालीमा संक्रमित संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या १३ हजार एक सय ५५ पुगेको छ । इटाली यो भाइरसबाट सबैभन्दा धेरैको मृत्यु हुने मुलुक हो ।

तेस्रो सबैभन्दा प्रभावित मुलुक स्पेनमा संक्रमितको संख्या एक लाख १० हजार नाघेको छ भने मृत्यु हुनेको संख्या नौ हजार तीन सय ८७ पुगेको छ ।

त्यस्तै, चीनमा पनि संक्रमितको संख्या ८२ हजार भन्दा धेरै छ भने मृत्यु हुनेको संख्या पनि तीन हजार तीन सय नाघिसकेको छ । संक्रमित संख्यामा फ्रान्स ७७ हजार सात सय ८१ नाघेको छ । फ्रान्समा मृत्यु हुनेको संख्या नौ सय ३१ पुगेको छ ।

सम्बन्धित खबर

सिफारिस