स्वास्थ्य सामग्री खरिद प्रकरण : अख्तियारले छानबीन थाल्यो, विभागका महानिर्देशकसँग सोधपोछ

स्वास्थ्य सामग्री खरिद प्रकरण : अख्तियारले छानबीन थाल्यो, विभागका महानिर्देशकसँग सोधपोछ

काठमाडौँ, २० कार्तिक । स्वास्थ्य सामग्री खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबीन थालेको छ । अख्तियारले स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठसँग सोधपुछ गरेको छ ।

‘यो उजुरीमाथिको प्रारम्भिक छानबिन हो, त्यसैले बयान भन्ने शब्द प्रयोग नगरौं, हामीले उहाँसँग सोधपुछ गरेको हा । उहाँले आफ्ना कुरा बताउनुभयो। हामीले सुन्यौं। उजुरीका साथ प्राप्त प्रमाण हेछौं । मन्त्रालयबाट पनि केही कागजात पाइसकेका छौं,’ अख्तियार स्रोतले भन्यो ।

अख्तियारको स्वास्थ्य मन्त्रालय हेर्ने महासाखाले उनलाई बयान लिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) संक्रमण निययन्त्रणका लागि अत्यावश्यक स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता भएपछि बुधबार स्वास्थ्य मन्त्रालयले खरिद सम्झौता एकाएक रद्द गरेको थियो । बजारमूल्य भन्दा महँगोमा खरिद गरेको, गुणस्तरहीन र मापदण्डमा नपरेका किट खरिद भएको अनि सेटिङका आधारमा खरिद भएको खुलेपछि स्वास्थ्यमन्त्री भानुभक्त ढकाल र कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजक एवं उपप्रधान, रक्षामन्त्री ईश्वर पोखरेलकै भूमिकामाथि प्रश्न उठेको हो ।

अख्तियारको प्रारम्भिक छानबिन बढीमा एक दुई दिनमा टुंग्याउन सकिन्छ । प्रारम्भिक छानबिनबाट अनियमितता भएको पुष्टि भए अख्तियारले अनुसन्धान अधिकृत तोकेर विस्तृत अनुसन्धान सुरु गर्नुपर्ने नियम छ ।


एक अर्ब २४ करोडको स्वास्थ्य सामग्री खरिदमा ब्यापक अनियमितता भएको सार्वजनिक भएको थियो ।

Trending News