सीमामा अलपत्र परेका नेपालीलाई १४ दिन क्वारेन्टाइन बसेपछि आउन दिने निर्णय

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत २० । सरकारले भारतीय सिमामा अलपत्र परेका नेपालीहरुलाई १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिने निर्णय गरेको छ । बिहीबार कोरोना रोकथाम सम्बन्धी उच्चस्तरीय समन्वय समितिको वैठकले नेपाल भारत सिमामा अलपत्र परेका नेपालीहरुलाई भारततर्फ नै १४ दिन क्वारेन्टाइनमा बसेपछि मात्र नेपाल आउन दिइने निर्णय गरेको हो ।

धार्चुला, रुपैडिहा लगायतका क्षेत्रमा ठूलो संख्यामा नेपालीहरु अलपत्र परेका छन् भने भारतीय नागरिकहरु पनि घर फर्किन भन्दै वीरगञ्जमा पुगेका छन् । तर नेपाल र भारतबीच सीमा नाकाबाट आवत–जावत नखोल्ने र क्वारेन्टाइन बनाएर राख्ने सहमति भएको थियो ।

बैठकले खाद्य र अत्यावश्यक बस्तु उत्पादन गर्ने उद्योग प्रतिष्ठानहरु सशर्त खोल्न दिने निर्णय समेत गरेको छ ।

सम्बन्धित खबर

सिफारिस