पोखरामा एक ब्यक्तिमा कोरोना पोजेटिभ, पुन परिक्षणका लागि टेकुमा स्वाव पठाइयो

दियो पोस्ट  

काठमाडौँ, चैत २१ । पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा परिक्षणको क्रममा एक जनामा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । केहि दिनअघि भारत बाट फर्किएका एक ब्यक्तिमा कोरोना भाइरस पोजेटिभ पाइएको हो ।

भर्खरै स्थापना भएको स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उक्त ब्यक्तिको रिपोर्ट पोजेटिभ आएपनि प्रतिष्ठानले पुन परिक्षणको लागि ती ब्यक्तिको स्वाव टेकु पठाएको छ ।

यसअघि नै नेपालमा ६ जना कोरोना भाइरसको संक्रमित फेला परिसकेका छन् । छैठौँ संक्रमित बिहीबार भेटिएकी थिईन् । बागलुङकी ६५ बर्षीया बृद्धा गत चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ मा नेपाल आएकी थिईन् । उक्त विमानमा सवार ३ जनामा कोरोना भाइरस पुष्टि भइसकेको छ ।

सातौँ संक्रमितको रुपमा शुुक्रबार पोखरा स्वास्थ्य विज्ञान प्रयोगशालामा पाजेटिभ देखिए पनि पुष्टि भने हुन बाँकी रहेको छ । उनको स्वाव पुन परिक्षणपछि पनि कोरोनाभाइरसको पुष्टि भए नेपालमा कोरोना संक्रमितको संख्या ७ पुग्ने छ ।

यस सम्बन्धमा साँझ ५ बजे स्वास्थ निर्देशनालयको वेभ साईटमार्फत जानकारी गराईने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका सुचना अधिकारी डा. बुद्धि प्रसाद पौडेलले बताएका छन् ।