स्वास्थ्य मन्त्रालय भन्छ, ‘पोखरामा कोहीमा पनि कोरोना पुष्टि भएको छैन’

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत २१ । स्वास्थ्य मन्त्रालयले कास्कीको पोखरामा कसैलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि नभएको जनाएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले हालसम्म भएको जाँचमा पोखरामा कोरोना संक्रमणको पुष्टि नभएको बताएका छन् । हालसम्म पोखरामा ७ जनाको नमुना परीक्षण गरिएको र उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको उनले बताए ।

देवकोटाले क्षेत्रीय प्रयोगशाला भर्खर सञ्चालनमा आउन थालेकाले पूर्ण नतिजा दिन समय लाग्ने र एकपटक आएको नतिजा क्षेत्रीय प्रयोगशाला र काठमाडौँ दुवैतिर पुनर्परीक्षण गर्नुपर्ने बताएका छन् ।

सम्बन्धित खबर

सिफारिस