काठमाडौँ, चैत २१ । कोरोना भाइरस (कोभिड–१९) पोजेटिभ देखिएका पाँचै जनाको स्वास्थ्य स्थिति सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले जनाएको छ । शुक्रबार प्रेस ब्रिफिङमार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना संक्रमित पाँचै जनाको स्वास्थ अवस्था सामान्य रहेको बताएका छन् ।
कोरोनाबाट संक्रमितमध्ये दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, दुई जनाको बागलुङ र एक जनाको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचार भइरहेको उनले बताए।
कोरोना संक्रमित ६ जनामध्य १ जनाको उपचार पश्चात सामान्य अवस्थामा घर फर्किसकेका छन् ।