रौतहट, २१ चैत्र । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकाको वडा न ५ टिकुलियामा विवाद हुँदा झडप भएको छ । झडपमा परी ६ जना घाइते भएका छन् । जसमा ३ जना भने नेकपाको कार्यर्ता रहेको नेकपाका नेता प्रभु साहले जनाएका छन् ।
जग्गाको प्रकरणमा दुई पक्षबीच विवाद भएको कारण झडप भएको बताइएको छ ।
टिकुलिया निवासी प्रमोद कुमार दुबे,मनोज दुबे,बिनोद दुबेले आफ्नो घर अगाडिको बाटोमा खाल्डो खनेको विषयमा विवाद भएको हो ।
झडपमा रामएकवाल मुखिया,उनको भाइ कृष्ण मुखिया,छोराहरु प्रमोद मुखिया,सोनालाल मुखियालाई दुबै तर्फले घाँटी टाउकोमा धारिलो हतियार प्रहार गरि गम्भीर घाइते बनाएका छन ।
उनीहरुको अहिले स्थानीय अस्पतालमा उपचार भइरहेको छ । घटनामा समलग्नलाई कारबाही गर्नुपर्ने माग नेकपाका नेताहरुले गरेका छन् ।