लकडाउन लम्ब्याउने सरकारको तयारी, निर्णयको लागि मन्त्रीपरिषद् वैठक बस्दै

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत २४ । सरकाले लकडाउनको पुन लम्ब्याउने भएको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सरकारले लकडाउनको समय थप गर्न लागेको हो ।

लकडाउनबारे निर्णय गर्नका लागि आज दिउँसो २ बजे मन्त्रीपरिषदको वैठक बस्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले सोबारेमा छलफल गर्नका लागि मन्त्रीपरिषद वैठक बोलाएका हुन् । लकडाउन थप्ने विषयमा आइतबार कोरोना नियन्त्रण उच्च स्तरिय समितको वैठकमा पनि छलफल भएको थियो ।

स्रोतका अनुसार सरकारले थप एक साता लकडाउन लम्ब्याउन सक्ने छ ।

कोरोना भाइरसको दोस्रो संक्रमित भेटिएपछि गत चैत ११ गते बिहान ६ बजेदेखि लागु हुने गरि सरकारले लकडाउन घोषणा गरेको थियो । संक्रमण नरोकिएपछि सरकारले थप २५ गतेसम्मको लागि लकडाउन घोषणा गरेको थियो ।

सरकारले पहिलो पटक थप गरेको लकडाउनको समयसीमा भोली बिहानदेखि समाप्त हुँदै छ ।

यसबिचमा नेपालमा ८ जनालाई कोरोना संक्रमण भइसकेको छ । संक्रमित मध्य एक जना मात्र स्थानीय रहेका छन् । अन्य ७ जना सबै विदेशबाट फर्केका नेपालीहरु हुन् ।

यसअघि नै सुदुरपश्चिम सरकारले केन्द्र सरकारलाई लकडाउनको समय थप गर्नका लागि अनुरोध गरेको थियो ।

सम्बन्धित खबर

सिफारिस