कक्षा ११ र १२ को परिक्षा अनिश्चितकालका लागि स्थागित (सुचनासहित)

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत २५ । राष्ट्रिय परिक्षा बोर्डले कक्षा ११ र १२ को परिक्षा स्थगित गरेको छ । मंगलबार एक सुचना प्रकाशित गर्दै बोर्डले कोरोना भाइरसको जोखिमका कारण परिक्षा स्थागित गरिएको जानकारी दिएको छ ।

कक्षा १२ को परीक्षा २०७७ बैशाख ८ गतेबाट र ११ को परीक्षा बैशाख २१ गतेबाट सुरु गर्ने कार्यतालिका थियो ।

बोर्डले अर्को सुचना जारि नभएसम्मका लागि परिक्षा स्थागित भएको सुचनामार्फत जानकारी दिएको छ ।

कोरोना भाइरसको जोखिमकै कारण सरकारले यसअघि एसइइको परिक्षा समेत स्थागित गरेको थियो ।

सम्बन्धित खबर

सिफारिस