अन्तराष्ट्रिय उडान बैशाख १८ गतेसम्म बन्द गर्ने सरकारको निर्णय

दियोपोस्ट संवाददाता

काठमाडौँ, चैत २५ । सरकारले अन्तराष्ट्रिय उडान प्रतिवन्धको समय थप गरेको छ । मंगलबार कोरोना नियन्त्रण उच्चस्तरीय समितिको बैठकले आगामी बैशाख १८ गते सम्म अन्तराष्ट्रिय उडानलाई प्रतिवन्ध लगाउने निर्णय गरेको हो ।

यसअघि सोही समितिको वैठकले वैशाख ३ सम्म सबै अन्तराष्ट्रिय उडानलाई प्रतिवन्ध लगाउने निर्णय गरेकोमा आज बसेको बैठकले १५ दिन समय थप गरि वैशाख १८ सम्म लम्बाएको हो । बैठकले आन्तरिक उडानलाई के गर्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन ।

बैठकले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण उच्च जोखिम भएका जिल्लाहरुमा र्यापिड किट मार्फत परिक्षणलाई बढाउने निर्णय गरेको छ । बैठकले संक्रमणको बढी सम्भावना भएका जिल्लाहरु डोटी, अछाम, जुम्ला लगायतका जिल्लामा पनि सघन रुपमा परीक्षणलाई अगाडि बढाउने निर्णय गरेको छ ।

समितिको बैठकले सबै खालका आपूर्तिहरु र विशेषगरी खाद्य वस्तुको आपूर्तिलाई स्वभाविक राख्ने, आवागमनमा कडाईका साथ निगरानी गर्ने कार्यलाई कायम राख्ने र आपूर्ति नियमित गर्ने निर्णय भएको छ ।

सम्बन्धित खबर

सिफारिस