
धादिङ्ग, २६ चैत्र । जिल्ला अस्पताल धादिङ्गमा एकैदिन तीन जना प्रसुती गराउन आएका महिलाको सफल शल्यक्रिया भएको छ ।
जिल्लाका विभिन्न स्थानबाट जिल्ला अस्पताल धादिङ्ग आएका तीन जना गर्भवती महिलाको २/२ घण्टाको फरकमा शल्यक्रिया गरिएको जिल्ला अस्पतालका सुचना अधिकारी विक्रम विकले जानकारी दिए ।

कोरोना भाइरस कोभिड १९ को संभावित जोखिमलाई कम गर्न लकडाउनको अवस्थामा अवस्थामा जिल्ला अस्पताल धादिङ्गले तीन महिला र उनीहरुको सन्तानलाई बचाउन सफल भएको हो । जिल्ला अस्पताल धादिङ्गमा एकैदिन तीनवटा सफल शल्यक्रिया गरिएको पहिलो घटना भएको अस्पतालका सुचना अधिकारी विकले जनाए ।
गर्भवती महिलाहरु २२ बर्षिय मेलिना तामाङ, २८ बर्षिय बबिता सिम्खडा र १८ वर्षय सुसना गुरुङ्गको सफल शल्यक्रिया गरिएको हो । शल्यक्रिया पश्चात आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । शल्यक्रियामा डा. रन्जन राठोर, मनकुमारी श्रेष्ठ, लेख बहादुर श्रेष्ठ, रेनुका भण्डारी, बिमला तिमल्सिना महरा,श्याम गोम्जा लगायत अन्य नर्सहरु सहभागी थिए ।
यसअघि समाचारमा उल्लेखित शब्दहरुले गलत अर्थ लाग्न गएकोमा क्षमाप्रार्थी छौँ /