कोरोना कहरः विश्वभर साढे ८८ हजारको मृत्यु, संक्रमितको संख्या १५ लाख १८ हजार

दियो पोस्ट  

काठमाडौँ, चैत २७ । विश्वमा महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड–१९) ले हालसम्म ८८ हजार ५ सय २ जनाको ज्यान लिइसकेको छ । वर्ल्डमिटरले जारी गरेको पछिल्लो तथ्यांक अनुसार बितेको २४ घण्टामा ६ हजार ४ सय १४ जनाले ज्यान गुमाएका छन् ।

हालसम्म कोरोना भाइरस संक्रमितको संख्या विश्वभर १५ लाख १८ हजार ७ सय १९ जना पुगेको छ । पछिल्लो २४ घण्टामा ८४ हजार ३ सय ८४ जना नयाँ संक्रमित फेला परेको छ ।

संक्रमितमध्य ४८ हजार ७९ जनाको अवस्था गम्भिर रहेको छ । हालसम्म ३ लाख ३० हजार २ सय ६६ जना उपचारपश्चात सामान्य अवस्थामा घर फर्केका छन् ।

चीनको वुहानबाट कोरोनाभाइरसको उत्पत्ती भएकोमा हाल विश्वका २ सय ९ देशमा कोरोना फैलिएको छ । कोरोनाको प्रभाव सबैभन्दा बढी अमेरिकामा रहेको छ । हालसम्म करिब साढे ४ लाख अमेरिकी नागरिकमा कोरोनाभाइरस देखिएको छ । कोरोनाको कारण सबैभन्दा बढी मानवीय क्षति ब्यहोर्ने देश इटाली रहेको छ । इटालीमा हालसम्म १७ हजार ६ सय ६९ जनाले कोरोना भाइरसको कारण ज्यान गुमाएका छन् । त्यहाँ कोरोना संक्रमितको संख्या १ लाख ३९ हजार ४४२ पुगेको छ ।

सिफारिस