
काठमाडौँ, चैत २७ । कोरोनाभाइरस (कोभिड–१९) को कारण अमेरिकामा थप एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ४ दिम्बल घर भएका ङिमा तेम्बा शेर्पा रहेका छन् ।
उनि विगत १३ बर्षदेखि अमेरिकामा बस्दै आएका थिए । ङिमाको बुधबार विहान उपचारका क्रममा क्विन्सको एल्मर्स्ट अस्पतालमा मृत्यु भएको हो । उनी शेर्पा किदुगका आजीवन सदस्य थिए । शेर्पाका एक छोरा र एक छोरी छन् ।
शेर्पाको मृत्युसँगै अमेरिकामा कोरोनाका कारण अमेरिकामा मृत्यु हुने नेपालीको संख्या दुई पुगेको छ । यसअघि ५० वर्षीय अनिल सुब्बाको पनि कोरोना संक्रमणले मृत्यु भएको थियो ।