बाजुरा, चैत २७ । बाजुराको गौमुल गाउँपालिका वडा नम्बर ४ मा एक व्यक्तिले गोली हानी श्रीमतीको हत्या गरेका छन् । बुधबार राती स्थानीय ४० बर्षका गोरख रोकायाले आफ्नी ३३ बर्षीया श्रीमती सुन्तु रोकायालाई गोली प्रहार गरी हत्या गरेका हुन् ।
सुन्तुको मृत शरीर बिहीबार बिहान भैसीगोठमा भेटिए पछि उनका माइतीपक्षले प्रहरीमा उजुरी दिएका थिए । उनको टाउकोमा गोली लागेको पाइएको छ । उजुरीपछि प्रहरीले मृतकका श्रीमान् गोरख रोकायलाई पक्राउ गरेको छ ।
प्रहरीले घटना के कति कारणले भएको हो थप विवरण टोली पुगेपछि मात्रै थाहा हुने प्रहरीले जनाएको छ।