काठमाडौँ, चैत २७ । सरकारले लकडाउनका कारण काठमाडौँमा अलपत्र परेका नागरिकहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो ।
लकडाउनका कारण राजधानीमा बसेका कतिपय मानिसहरु हिँडेर भएपनि गाउँ जान थालेपछि सरकारले उपत्यका बाहिरिन दिने निर्णय गरेको हो । ११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन् ।
छोटो दुरीको हकमा कसरी जान दिने भन्ने तय भइसकेको छैन । यसबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको एक अधिकारीले बताए ।
तर उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन ।