
काठमाडौँ, चैत २७ । गृह मन्त्रालयले सरकारले उपत्यकामा रहेका मानिसहरुलाई बाहिर पठाउने सन्दर्भमा कुनैपनि निर्णय नभएको स्पष्ट पारेको छ । बिहीबार साँझ एक विज्ञप्ती जारि गर्दै सरकारले काठमाडौँमा रहेका मानिसहरुलाई बाहिर पठाउने सम्बन्धमा कुनैपनि निर्णय नभएको जानकारी दिएको हो ।
गृहमन्त्रालयका सह प्रवक्ता उमाकान्त अधिकारीले जारि गरेको विज्ञप्तीमा भोली शुक्रबार र पर्सी शनिबार काठमाडौँ उपत्यकाबाट बाहिर पठाउने निर्णय भएको भनि संचार माध्यममा प्रसारित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । ‘ काठमाडौँ उपतयका विभिन्न कारणले रोकिएका नागरिकहरुलाई उपत्यका बाहिर पठाउने सम्बन्धमा कुनैपनि निर्णय नभएको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अन्ुरोध छ’ , विज्ञप्तीमा उल्लेख छ ।
यसअघि कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिका संयोजक समेत रहेका उपप्रधान तथा रक्षामन्त्रीले पनि काठमाडौँ उपत्यकामा अलपत्र परेका नागरिकहरुलाई उपत्यका बाहिर पठाउन सरकारले कुनै तयारी नगरेको स्पष्ट पारिसकेका छन् ।
