काठमाडौं, ३० चैत्र । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १३ जना प्रहरी उपरिक्षक एसपीलाई बरिष्ठ प्रहरी उपरिक्षक एसएसपीमा बढुवा गरेको छ ।
आईतबार बसेको बढुवा समितिको निर्णय अनुसार उनीहरुको बढुवा भएको प्रधान कार्यालयले जनाएको छ । बढुवा हुनेहरुमा बिदुर खड्का, भेष बहादुर शाह, प्रदीप कुमार पाल, लक्ष्मण बहादुर सिंह, शान्ति कुमार कार्की, कृष्णराज पाठक, जयबहादुर खड्का, नेत्र कुमार खत्री, प्रकाश श्रेष्ठ, बेनु प्रसाद पाठक, श्याम कोइराला, सुदेश कुमार गुरुङ र रमेश कुमार सुवेदी रहेका छन् ।