
काठमाडौँ, चैत ३० । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको नियन्त्रणका लागि अहोरात्र खटिएका चिकित्सक, नर्स तथा अत्यावश्यक सेवामा खटिएकाहरुको सम्मानका लागि भोली बिहान ८ बजे राष्ट्रिय गान गाउनका लागि आह्वान गरेका छन् । संयुक्त राष्ट्रसंघ ग्लोबल कम्प्याक्ट नेपालले अघि सारेको कार्यक्रमको समर्थन गर्दै प्रधानमन्त्री ओलीले बिहान ८ बजे घरघरबाट राष्ट्रिय गान गुञ्जाउन अपिल गरेका हुन् ।
सामाजिक संजाल ट्वीटरमा ग्लोबल कम्प्याक्ट नेपालको आह्वानको समर्थन गर्दै प्रधानमन्त्री ओलीले लेखेका छन्, ‘प्ले दि नेशनल एन्थम’,राष्ट्रिय गान गाऔ, राष्ट्रिय धुन बजाऔ ! ग्लोबल कम्प्याक्ट नेपालको तलको अनुरोध मलाई राम्रो लाग्यो। यस कार्यक्रममा सामेल हुन सबैलाई आग्रह गर्दछु ।