
काठमाडौँ, बैशाख १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ बर्ष २०७७ को शुभकामना व्यक्त गरेका छन् ।
उनले ट्वीटरमार्फत नयाँ बर्षको शुभकामना दिएका हुन् ।
‘नयाँ बर्ष २०७७ को पावन अवसरमा सम्पुर्ण नेपालीहरुको सुख, समृद्धी तथा सु–स्वास्थ्यको कामना गर्न चाहन्छु’, प्रचण्डले लेखेका छन्, ‘नयाँ बर्षले महामारीको अन्त्यसँगै आम नेपालीले साँचेको सुखी नेपाली तथा सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणको सपना पुरा गर्न विशेष प्रेरण देओस्, हार्दिक शुभकामना ।’