नेकपाको शुभकामनाः ‘महामारी विरुद्धको संघर्षमा नयाँ बर्ष राष्ट्रिय/अन्तराष्ट्रिय एकताको आधार बनोस्’

दियो पोस्ट  

काठमाडौँ, वैशाख १ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले नयाँ बर्ष २०७७ को शुभकामना ज्ञापन गरेको छ । पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शुभकामना एक विज्ञप्तीमार्फत आम नेपालीलाई नयाँ बर्षको शुभकामना व्यक्त गरेका छन् ।

उक्त पत्रमा देश भित्र तथा बाहिर रहेका सम्पुर्ण नेपालीहरुलाई शुभकामना प्रदान गरिएको छ । साथै नयाँ बर्षले कोभिड–१९ भाइरसको महामारी बिरुद्ध संघर्षरत मानव जाति र आम नेपाली जनतालाई पुर्ण सफलतासहित सुस्वास्थ्य, शान्ति र समृद्धीको कामना गरिएको छ ।

‘सबै जातिय, समुदाय, राष्ट्रिय राज्य, धार्मिक समुदाय र वर्गीय समुदायमा समेत समान रुपले आक्रमण गरिरहेको कोरोना (कोभिड–१९) भाइरसको महामारीको विरुद्धको संघर्षमा नयाँ बर्षले मानव जातिकै नयाँ अन्तराष्ट्रिय एकता र राष्ट्रिय एकताको आधार दिने विश्वास प्रकट गर्दछु ।’ शुभकामना पत्रमा भनिएको छ ।

साथै नेकपाले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारको लागि सरकारले जारि गरेको लकडाउन लगायतका नीति कार्यक्रमको कडाइपुर्वक पालना गर्नसमेत अपील गरेको छ ।