काठमाडौँ, वैशाख १ । पुर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नयाँ बर्ष २०७७ को शुभकामना व्यक्त गरेका छन् । सामाजिक संजालमार्फत डा. भट्टराईले २०७६ सालमा देखिएको कोभिड–१९ ले विश्वका शक्तिशाली देशहरुलाई घुँडा टेकाएको र नेपालमा कम्युनिस्ट खोल ओढेका आसेपासे पुँजीवादको फोहोरी चेहरा उदांगो पारेको बताएका छन् ।
डा. भट्टराईले ७ अंक जोडिएको बर्ष नेपालमा उथलपुथलकारी हुने गरेको बताउँदै अबको बर्ष डबल उथलपुथलकारी हुने आँकलन गरेका छन् । ‘७ अंक जोडिएका बर्ष नेपालमा उथलपुथलकारी हुने गरेका छन् ।‘ उनले लेखेका छन्, ‘डबल ७७ महाउथलपुथलकारी हुनसक्छ स्वागत गरौँ ।’