नारायणकाजी श्रेष्ठले कोरोनाबिरुद्ध लड्न १ बर्षको तलब दिने

दियोपोस्ट संवाददाता

काठमाडौँ, वैशाख १ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले १ बर्षको पारिश्रमिक कोरोना बिरुद्ध लड्नको लागि योगदान गर्ने घोषणा गरेका छन् ।

उनले सामाजिक संजालमार्फत कोरोनाबिरुद्धको राहत कोषमा २ महिनाको तलब र बाँकी १० महिनाको तलब विपन्न वर्गलाई दिने घोषणा गरेका हुन् ।

‘हामी अहिले कोभिड–१९ र उत्पन्न संकटको सामना गरिरहेका छौं। यसबेला एकतावद्ध भई आआफ्नो ठाउँबाट भूमिका खेल्नु जरुरी छ ।’ट्वीटरमा लिएका छन्, ‘यस स्थितिमा मैले राष्ट्रियसभा सदस्यको एक बर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड १९ कोष र बाँकी विपन्न वर्ग केन्द्रीत आर्थिक राहात प्याकेजका लागि दिने घोषणा गर्दछु ।’

सम्बन्धित खबर

सिफारिस