र्‍यापिड टेस्टमा पोजेटिभ देखिएको बागलुङकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ

दियोपोस्ट संवाददाता

काठमाडौँ, वैशाख १ । कोरोना भाइरसको संक्रमण देखिएको भनिएको बागलुङ्गकी महिलामा संक्रमण नभएको पुष्टि भएको छ । र्‍यापिड टेस्टमा कोरोना संक्रमण पोजेटिभ देखिएपनि पुनः परिक्षण गरेर हेर्दा उनमा कोरोना भाइरस नेगेटिभ देखिएको हो ।

उनको स्वावलाई पोखरा ल्याएर पुनः परिक्षण गर्दा कोरोना भाइरस नेगेटिभ देखिएको हो ।

बागलुङमा यसअघि नै दुई जनामा कोरोना भाइरसका संक्रमित भेटिएका छन् । उनीहरुको अहिले उपचार भई रहेको छ । संक्रमित भनिएकी महिला केही समय अघि तिर्थ यात्रामा गएर आएकी थिइन ।

सम्बन्धित खबर

सिफारिस