चैत १६ गते भारतबाट आएका थिए रौतहटमा भेटिएका कोरोना संक्रमित युवक !

दियोपोस्ट संवाददाता

काठमाडौँ, वैशाख १ । रौतहटमा पनि एक युवकमा कोरोना भाइरस पोजेटिभ भेटिएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले इशानाथ नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका १९ बर्षीय युवकमा कोरोना पोजेटिभ देखिएको बताएका छन् ।

उनि गत चैत १६ गते भारतबाट नेपाल आएका थिए । घर पुगेका उनलाई परिवारले सिधै क्वारेन्टाइन जान सुझाएका थिए । उनलाई स्थानीय तहले क्वारेन्टाइनमा राखेको थियो । उनिसहित क्वारेन्टाइनमा बसेका अन्य २८ जनाको नमुना संकलन गर्दा अन्यको भने रिपोर्ट नेगेटिभ पाइएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । सोमबार बिहान बागलुङ्गकी महिलामा कोरोना भएको भनिएपनि पुनः परिक्षणमा हेर्दा उनमा कोरोनाको संक्रमण नभेटिएको पाइएको छ । संक्रमित १४ मध्य एक जना सामान्य अवस्थामा घर फर्किसकेका छन् भने बाँकीको उपचार भइरहेको छ ।

सम्बन्धित खबर

सिफारिस