बुटबल, ४ बैशाख । लगातारको ‘लकडाउन’ पछि घर फर्किन लागेका सयौं मजदुरहरु प्रदेश नं. ५ को राजधानी बुटवलमा अलपत्र परेका छ्न् । लकडाउनका कारण दैनिक गुजरा चलाउन मुस्किल भएको भन्दै सिन्दुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ र लमजुङबाट पश्चिम नेपालको यात्रा तय गरेका उनीहरु बुटवलमा अलपत्र परेका हुन् ।
काखमा साना बालबच्चा र झोलीगुन्टा सहित हिँडेका उनीहरु आठ दिन पछि बुटवल पुगेका थिए । बाँके, बर्दिया, कालिकोट, दैलेख, सुर्खेत र कैलाली गन्तव्य बताउने उनीहरु चार दिनदेखि खाना नखाएको बताउँछन् । चाउचाउ र बिस्कुटको भरमा बुटबलसम्म पुगेको र बाँकी यात्रा अझै कठिन हुने बताउँछन् ।
बीचमै अलपत्र अबस्थामा भेटिएका उनीहरुलाई स्थानीय बासिन्दाहरुले ठाँउठाँउमा खाजा, खाना र पानी दिएर सहयोग गरेको संबिधान सभा सदस्य एवं राष्टिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले जानकारी दिए ।
“लकडाउनको बेला सयौंको संख्यामा मजदुरहरु बीच बाटोमा अलपत्र अवस्थामा छन् तर, सरकार रमितेको छ । चार,पाँच सय किलोमिटर पैदल हिडेर बुटवलसम्म आउदा सरकारका सम्बन्धित निकायहरुले नदेखे जस्तो गर्नु लज्जाको कुरा हो ।” संबिधानसभा सदस्य एवं राष्टिय दलित पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष बिनोद पहाडीले जानकारी दिए ।
पहाडीले भने, “सरकारको लाचार र गैरजिम्मेवार पन देखेर सवारी पास देउ हामी उद्दार गर्छौ भन्दा पनि सरकारी निकायहरु बाधक बन्ने मात्र होइन दर्शक बनेका छन ।” बिपद्को यस्तो घडीमा स्थानीय राजनीति दलहरु समेत गैर जिम्मेवार बनेको उनको भनाई छ ।
कोरोना भाईरस संक्रमण नियन्यण गर्न सरकारले गरेको लकडाउनका कारण रोजगारी गुमेपछि घर फर्कन लागेको मजदुरहरु बताउछन् । अर्काको ठाउँ काम गर्न गएका हामी बन्दले कामनै ठप्प भयो, भोकै बस्नु पर्ने भएपछि पैदल हिडेर घर फर्कन थालेका, उनीहरुले बताए ।