कोरोना अपडेटः विश्वभर १ लाख ४५ हजारको मृत्यु, करिब २२ लाख संक्रमित

दियोपोस्ट संवाददाता

काठमाडौँ, वैशाख ५ । कोरोना भाइरसको कारण विश्वभर मृत्यु हुनेको संख्या डेढ लाख नजिक पुगेको छ । वर्ल्डोमिटरको तथ्यांक अनुसार शुक्रबारसम्म १ लाख ४५ हजार ५ सय २१ जनाले ज्यान गुमाइसकेका छन् । तथ्यांक अनुसार बितेको २४ घण्टाको अवधीमा विश्वभर ६ हजार ९ सय ९६ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाको कारण विश्वमा सबैभन्दा धेरै अमेरिकाले मानवीय क्षति ब्यहोरेको छ । अमेरिकामा एकैदिनमा २ हजार १ सय ७४ जनाले ज्यान गुमाएका छन् । अमेरिकामा हालसम्म ३४ हजार ६ सय १७ जनाको मृत्यु भइसकेको छ भने संक्रमितको संख्या ६ लाख ७७ हजार ५ सय ७० पुगेको छ । बितेको २४ घण्टामा अमेरिकामा २९ हजार ५ सय ६७ जना नयाँ संक्रमित भेटिएका छन् ।

विश्वभर कोरोना संक्रमितको संख्या २१ लाख ८२ हजार १ सय ९७ जना पुगेको छ । विश्वभर एकैदिन ९५ हजार भन्दा बढी संक्रमित भेटिएका छन् । संक्रमित मध्य ५ लाख ४७ हजार २ सय ९५ जना उपचार पश्चात घर फर्किसकेका छन् ।

सम्बन्धित खबर

सिफारिस