
दियोपोस्ट संवाददाता
धादिङ, ५ वैशाख । धादिङको ज्वालामुखि गाउँपालिका वडा नम्बर ३ अमराइँका दीपक सापकोटालाई नोवेल कोरोना भाइरस १९ को संक्रमण नरहेको पाइएको छ । दियोपोष्टले प्राप्त गरेको रिपोर्ट अनुसार उनीमा कोरोना भाइरसको कुनै संक्रमण नरहेको पाइएको हो ।
राजधानी काठमाडौंको टेकु स्थित शहिद शुुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालले गरेको कोभिड १९ को पिसिआर परिक्षणमा उनीमा कोरोना भाइरसको कुनै संक्रमण नरहेको पाइएको हो ।
यसअघि ज्वालामुखि २ मैदीस्थित मैदी स्वास्थ्य चौकीमा गरिएको र्यापिड टेष्टमा सापकोटामा कोरोना भाइरस संक्रमण रहेको हल्ला फैलिएको थियो ।
र्यापिड टेष्टमा उनीमा कोरोना भाइरस संक्रमणको हल्ला भएपछि उनलाई वडाध्यक्ष रुद्रमान श्रेष्ठले थप परिक्षणका लागि जिल्ल्ला अस्पताल धादिङवेशी पुर्याउन एम्बुलेन्स खोजेका थिए ।
तर, एम्बुलेन्स नपाएपछि संक्रमितको आरोप लागेका युवा आफैले मोटर साइकल चलाएर जिल्ला स्थित क्वारेन्टाइनमा पुगेका थिए ।