नेपालमा हालसम्म ७ हजार ६ सय ८८ जनाको मात्रै पिसिआर परिक्षण

दियो पोस्ट  

काठमाडौँ, वैशाख ५ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) पहिचानका लागि हालसम्म ७ हजार ६ सय ८८ जनाको पिसिआर परिक्षण भएको छ । शुक्रबार पत्रकार सम्मेलन मार्फत स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बितेको २४ घण्टामा मात्रै ४ हजार ८ सय २२ वटा नमुनाको पिसिआर परिक्षण गरिएको जानकारी दिएका हुन् ।

उनले देशका विभिन्न भागहरुमा १६ हजार ५ सय ६५ जनाको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परिक्षण भएको जानकारी दिएका छन् । नेपालका सोलुखुम्बु र डोल्पा बाहेक अन्य सबै जिल्लाहरुमा आरडीटी परिक्षण शूरु भइसकेको र हुन बाँकी ती दुई जिल्लाहरुमा पनि चाँडै नै परिक्षण शुरुवात गरिने उनले बताएका छन् ।

डा. देवकोटाका अनुसार हालसम्म नेपालभर ४ हजार ६ सय ७ जना क्वारेन्टाइनमा रहेको र ९० जना आइशोलेशनमा रहेका छन् । आइशोलेशनमा रहेकामा ५ जना काठमाडौँ र बाँकी ८५ जना राजधानी बाहिरका रहेका छन् ।